सामान्यतः सर्प देख्ने वित्तिकै सबैको आङ सिरिङ्ग हुन्छ । कोही आँटी छ भने लठ्ठी लिएर मार्न तम्सिन्छ, होइन भने कुलेलम ठोक्छ । तर यतै हाम्रै गाउँघरतिर यस्ता मान्छे पनि भेटिन्छन्, जो सर्प देख्ने वित्तिकै त्यसलाई समातेर घरमा ल्याएर पाल्न थाल्छन् । हो, त्यही कोटीमा पर्नुहुन्छ झापा जुरोपानीका एक बृद्ध । उहाँ जिउँदो सर्प निडरतापूर्वक पक्रेर घरमा ल्याएर राख्नुहुन्छ । उहाँ मात्र होइन, उहाँको परिवारका सवै सदस्य नै सर्पदेखि डराउँदैनन् । गोबन लगायतका सर्प देख्ने र भेट्नेसाथ पक्रेर घर ल्याउँछन् । यस्तो सहासिक काम गर्दै आएका छन् जाहादुलाल राजवंशी र उनका परिवारका सदस्यहरूले ।जुन पायो त्यहि सर्प उनीहरु पक्रदैनन् । गोमन लगायतका बिषालु सर्प मात्र पक्रने गर्छन् ।
गत शुक्रबार झापाको दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको सर्पदंश उपचार सेवा केन्द्रमा यो कामलाइ प्रमाणित पनि गराएर देखाइसक्नु भएको छ राजबंशीले । उहाँले दमक रेडक्रस सोसाईटीको सर्पदंश उपचार सेवामा गोमन सर्प पक्रेर ल्याइ सबैलाई अचम्मित पनि बनाउनु भएको छ भने आफ्नो कला प्रमाणित गरेर समेत देखाउनु भएको छ ।
दमक रेडक्रस सोसाईटी उपशाखाका सभापति प्रकाश बुढाथोकीले आफू पनि अचम्मित भएको बताउनु भयो । ‘आफ्नै अगाडि सर्प नचाएर देखाए, यो चानचुने कुरा होइन ।’ बुढाथोकीले भन्नुभयो ।
रेडक्रसका सर्पदंश उपचारमा संलग्न सबै अचम्मित भएका थिए । ती बृद्धले गोमन सर्प नचाएर रेडक्रस कार्यालय मै देखाएका थिए । उहाँ सपेरा पनि होइन, जादुगर पनि होइन ।
उहाँले पक्रेर ल्याएको सर्प सुरक्षित दरुपमा बट्टामा राखिएको छ । त्यो सर्प सबैको अगाडि खेलाउँछु भन्दा शुरुमा कसैले पनि राजबंशीलाइ दिएका थिएनन् ।
टोक्यो भने के गर्ने ? उपचार गर्न नमानेमा ज्यानमाथि नै खतरा हुने डर थियो । रेडक्रसका सभापति बुढाथोकीले नमान्दा नमान्दै सर्प झिकेर राजबंशीले नचाएर देखाएपछि भने सबै अचम्ममा परेका थिए ।
अहिले पनि सर्प दमक रेडक्रसमा रहेको छ भने अनुसन्धानका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लैजाने बताइएको छ ।
अघिल्लो दिन बैगुन्धुरा ७ की ५२ वर्षीया डिल्लीमाया कट्वाललाई सर्पले डसेको थियो । घरको कोठामा सर्पले डसेपछि त्यो कोठामा कोही पस्न नमानेपछि राजवंशी आएर त्यो सर्प कहाँ छ खोज्नु भएको थियो ।
गोमन सर्प फेला परेको र एक बृद्धले पक्रेको खबर कट्वालको उपचार भइरहेक बेला रेडक्रसमा आयो र त्यो सर्प सकिन्छ भने रेडक्रसमा ल्याउन भनियो ।
रेडक्रसले उक्त सर्प ल्याउन भनेपछि राजबंशीले बोरामा हालेर त्यो सर्प बैगुन्धुराबाट दमक ल्याउनु भएको हो । त्यसबापत राजवंशीले दुइ सय पचास पारिश्रमिक रुपैयाँ पनि पाउनु भएको छ ।
आफ्नो छोरीका साथ रेडक्रसको सर्पदंश उपचार सेवा केन्द्रमा सर्प लिएर आउनु भएका उहाँले रेडक्रसले दुइ सय पचास रुपैयाँ नदिए सर्प आफैं लैजाने बताउनु भएको थियो ।
६३ वर्षीय राजवंशीले आफूले एघार वर्षको उमेरदेखि नै यस्तो काम गर्दै आएको बताउनु भयो । अहिले पनि घरमा अठारवटा गोमन सर्प पक्रेर उहाँले राख्नु भएको रहेछ।
उहाँको परिवारको नाम नै सर्पसँग गाँसिएर बनेको छ । परिवारका सदस्यहरुको नाम पनि यसरी नै राखिएको छ । छोरीहरु नागिन राजवंशी र नागेश्वरी राजवंशी, छोराहरु नागेश्वर राजवंशी र जुगेश्वर राजवंशी पनि सर्प पक्राउ गर्नमा पारङ्गत रहेका छन् ।
सर्प कसरी पक्राउ गर्नुहुन्छ ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो – यसका लागि कल, बल र छल सबैको संयोजन जरुरी रहेको छ । अहिलेसम्म अनगिन्ति सर्प पक्राउ गरेपनि एउटाले पनि नटोकेको उहाँ बताउनु हुन्छ । आफूले घरमा महाबिषहारी, महामन्सादेवी र महामन्साकाली पुज्ने गरेको बताउनु भयो । यो कुनै जादु नभएको र जसले जहाँ सर्प देखाए पनि पक्रने समेत उहाँको भनाई थियो ।

0 comments:
Post a Comment