झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीका एक शरणार्थी युवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । बेलडाँगी ३ शिविर, सेक्टर डी १, छाप्रो नम्वर ३४ का १८ बर्षीय टेक बहादुर बस्नेत सोही शिविर नजिकैको जंगलमा आज अपरान्ह रहस्यमय ढंगले झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
मृतकको शव पोष्टमर्टमका लागि मेची अञ्चल अस्पताल लैजाने तयारी भइरहेको र निजको हत्या भएको हो या आत्महत्या हो सो बारेमा अनुसन्धानपछि मात्र थाहा हुने सशस्त्र प्रहरी बेस बेलडाँगी २ का प्रहरी निरीक्षक बाबुराम पौडेलले जानकारी दिनुभयो ।

0 comments:
Post a Comment